हुलाकी न्यूज, जनकपुरधाम २५ भदौ । केही बेरअघि जनकपुरधाममा प्रहरीको गोली लागि दुई जना प्रदर्शनकारी मारिएका छन् । गाउँबाट प्रदर्शन गर्दै आएको समूह जनकपुर प्रवेश गर्न खोज्दा मिल्स एरियामा प्रहरीले टाउकोमा गोली हाने पछि उनीहरुको मृत्यु भएको हो ।

स्थानीय पत्रकारहरुका अनुसार मृत्यु हुनेमा जमुनियाका नितु यादव र सबैलाका विनोद कुमार साह रहेका छन् ।

त्यस्तै हुलाकी सहकर्मी रामएकवाल र गोविन्द महतोका अनुसार एक दर्जनभन्दा अधिकलाई गोली लागेको छ । प्रहरीले अन्दाधुन्ध गोली चलाइरहेको छ ।

घाइतेमध्ये केहीको अवस्था गभ्मीर रहेको छ । थप जानकारी आउन बाँकी ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.