Chure_binashहुलाकी न्यूज, काठमाडौं १८ फागुन । सरकारले चुरे विनास गर्दै कयौं सडकहरु धमाधम निर्माण गर्दैछ । आधुनिक उपायहरु प्रयोग नगरी नेपाल सरकारले चुरे र निकुञ्जहरु मास्दै निर्माण गर्न लागेको सडकले मधेशलाई समस्या हुने देखिएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पनि धरान–चतरा हुँदै गाईघाट र सिन्धुली हेटौंडासम्मको सडक तीन वर्षभित्रमा निर्माण गरि सक्ने निर्माण गरेको छ ।

जसबाट कयौं हेक्टर चुरे वन विनास हुनेछ । चुरे संरक्षणमा लागेका जानकारहरुका अनुसार सरकारले चुरे बन मास्दै निर्माण गर्न लागिएको सडकले मधेशलाई मरुभुमीकरण गर्नेछ ।

चुरे संरक्षणका निम्ति बारम्बार आवाज उठाउँदै आउँदा पनि सरकारले त्यसतर्फ ध्यान नदिई चुरे फडानी गर्दै सडक निर्माण गर्न लागेको छ ।

यस अघिपर्सा जिल्लाको बिरगंजबाट ठोरी हुदै चितवनको वाल्मिकी आश्रम हुदै नवलपरासीको सदरमुकाम जोड्नको लागि गरिएको निर्णय चितवन राष्ट्रिय निकुन्जभित्र बाटो खन्न नमिल्ने भनि सर्बोच अदालतले अन्तरिम आदेश जारी गरेको थियो । हुलाकी राजमार्ग जस्तो एतिहासिक सडक रोक्ने कार्यसमेत गरेको थियो । चितवन राष्ट्रिय निकुञ्ज भएर हुलाकी राजमार्ग जान नदिने भन्दै विवाद हुँदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.