Suicide
हुलाकी न्यूज, बर्दिवास १८ फागुन । महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–२ मा गएराती एक महिलाले आत्महत्या गरेकी छिन् ।

राष्ट्रिय समाचार समितिका अनुसार स्थानीय विमलेन्द्र कुमार महतोकी २० वर्षीया श्रीमती मोनितादेवी महतोले आत्महत्या गरेकी बर्दिवास भोला वसन्त चोकका असई तथा इन्चार्ज वीरेन्द्रकुमार सिंहले बताए ।

घरायसी विवादका कारण आफ्नै पक्की घरको सिलिङमा डोरीको पासो लगाई उनले आत्महत्या गरेको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ ।

सर्लाहीको वसन्तपुर बगिया–१ मा माइतीमा रहँदै आएकी ती महिलाले आत्महत्या गरेको घटनास्थल पुगेको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी निरीक्षक जीवन गिरीले बताए ।

श्रीमानसँगै तल्लो कोठामा राति सुतेकी मोनिता बिहान माथिल्लो कोठामा झुन्डिएको अवस्थामा फेला परेको परिवारको भनाइ छ ।

यता केही स्थानीयबासीले घराईसी विवादमा हत्या पनि हुन सक्ने अनुमान गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.