Upendra_yadav_ashok_rai
हुलाकी न्यूज, काठमाडौं १८ फागुन । विगत सात महिना पहिलेदेखि सुरु भएको आन्दोलन अहिले पनि जारी रहेको बताउँदै उत्पीडित सम्पूर्ण वर्गलाई आन्दोलनमा जोडिन संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आग्रह गरेका छन् ।

पोखरामा आयोजित पूर्व सैनिक तथा प्रहरी महासङ्घको प्रथम राष्ट्रिय भेलामा अध्यक्ष यादवले नेपालमा पहिचानको सङ्घर्ष अझै नसकिएको बताए ।

यादवले पिछडिएको वर्ग र समुदायलाई राज्यको मूल प्रवाहमा ल्याउनका लागि सङ्घर्ष आवस्यक रहेको बताउँदै सबैलाई जोडिन आग्रह गरे ।

आन्दोलनको क्रममा वार्ता भएपनि सरकारले मधेशी, आदिवासी, जनजातिलगायतका पिछडिएका वर्ग र समुदायका मागलाई सम्बोधन गर्न नमानेको बताए ।

यता सङ्घीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता अशोक राईले राज्य उत्पीडित वर्गको हुन नसकेको बताए ।

राईले देश आफ्नो भएपनि राज्य आफ्नो हुन नसकेको नेपालका आदिवासी जनजाति तथा पिछडिएको वर्गको गुनासो रहेको उल्लेख गरे ।

समानता र न्याय प्राप्तिको सङ्घर्षका लागि आफूहरू निरन्तर लाग्ने र प्रत्येक जातजाति भाषाभाषीको गौरवपूर्ण इतिहासलाई उचो बनाउने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.