Matrika_yadav
हुलाकी न्यूज, काठमाडौं १७ फागुन । सोमबार काठमाडौंको नयाँ बानेश्वरस्थित मसला कटेजमा मधेशप्रति चनाखो बुधिजिवि तथा सर्वसाधारणको उपस्थिति थियो ।

संयुक्त मधेशी राष्ट्रिय आन्दोलन समितिले आयोजना गरेको अन्तरक्रिया कार्यक्रम मधेश आन्दोलन : सम्भावना र चुनौतीको सञ्चालन आन्दोलत समितिका संयोजक मातृका यादव स्वयम्ले गर्दै थिए ।

कार्यक्रममा विश्लेषक सीके लाल, खगेन्द्र संग्रौलादेखि प्रदिप गिरी र दमननाथ ढुँगानासमेतको उपस्थित थियो । अन्य कयौं विशिष्ट व्यक्तिहरु सहभागी थिए । सबैले आ–आफ्नो विचार राखे ।

तर कार्यक्रमको अन्त्यमा आन्दोलन समितिका संयोजक मातृका यादवले मधेश राजनीतिमा इमानदार व्यक्तिहरुको कमी रहेको बताए ।

संयोजक यादवले मधेश राजनीतिमा रहेका अधिकांश व्यक्ति इमानदार नभएकोले इमानदार मधेशीहरुलाई राजनीतिमा आउन आह्वान गरे । उनले इमानदार मधेशी मधेश राजनीतिमा सक्रिय नभएकोले अहिलेको अवस्था आएको औल्याए ।

यादवले भने,‘इमानदारहरु आन्दोलनमा आयो भने बेइमानहरु आफै विस्थापित हुनेछ । मधेशीहरु अव शासक बन्ने कि सेवक निरक्यौल गर्नु आवश्यक छ । बृहत्त मोर्चा बनाउनका लागि मैले मधेशी नेताहरुको घर–घर पुगे तर उनीहरुले मानेन । म अहिले पनि उनीहरुलाई बृहत्त मोर्चा बनाउन आग्रह गर्दछु । र, आन्दोलनलाई सफल बनाउन आग्रह गर्दछु । मधेशी युवाहरुलाई अगाडि आउन उत्साहित हुन आग्रह गर्दछु ।’

1 COMMENT

  1. ईमानदारी को केहि मापदण्ड छ?
    मधेश आंदोलनको जिम्मेवारी कस्ले लीने?
    के यो आन्दोलनमा तपाई थिएँ थियो?
    तपाईको बर्तमान संगठनले आंदोलन सम्भव छ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.