हुलाकी न्यूज, जनकपुर, २५ भदौ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले राखेको ‘चलु जनकपुर, भरु जनकपुर’ अर्थात जनकपुर जाऔं, जनकपुर भरौं कार्यक्रमलाई असफल पार्न शुक्रबार जनकपुरमा कफ्र्यू लगाएका धनुषाका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुली आफू भने काठमाडौं पुगेका छन् ।
शुक्रबार बिहान देखि अनिश्चितकालिन कफ्र्यू आदेश जारी गरी उनी नेपाली सेनाको हेलिकप्टर चढी काठमाडौं उडेको बताइएको छ ।
यता, जनकपुरमा कफ्र्यू लगाइए पनि बिहानैदेखि प्रदर्शनकारी र स्थानीयले कफ्र्यू उल्लंघन गरेका छन् । जनकपुरको मुख्य चौकहरुमा ठूलो संख्यामा प्रदर्शनकारीको उपस्थिति छ ।
प्रदर्शनकारीले जनकपुर र वरिपरिका गाउँका प्रहरी बिटहरुमा आगजनी गरेका छन् ।



