
रंजन भण्डारी, जलेश्वर १७ फागुन । पक्राउ परेका मधेशी मोर्चाका कार्यकर्ताहरुको रिहाईको माग गर्दै जलेश्वरमा दिनहु जुलुस निस्किने गरेको छ ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले ४ दिनदेखि लगातार नगरक्षेत्रमा जुलुस प्रदर्शन गर्दैैै आएको छ । मोर्चाको पुर्व घोषित विरोध जुलुसकै क्रममा आईतवारसमेत मधेशी जनअधिकार फोरम (गन्तान्त्रिक)का अध्यक्ष सुर्य नारायण यादवको नेतृत्वमा जुलुस निकालिएको छ ।
झुठा मुद्दा फिर्ता गर, प्रहरी दमन बन्द गर, मधेशको मांंग सम्बोधन गर लगायतका नारासहित जुलुस प्रदर्शन गरिएको थियो ।
गन्तान्त्रिकको नेतृत्वमा रहेको सो जुलुसमा मोर्चा आवद्ध सातवटै दलका प्रतिनिधीहरुको सहभागिता देखिएको थियो ।



