Ck_lal
हुलाकी न्यूज, काठमाडौं १६ फागुन । विश्लेषक सीके लालले जारी मधेश आन्दोलनलाई अगाडि बढाउन सात वटा सुत्र दिएका छन् ।

आइतबार काठमाडौं सदभावना पार्टीले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा विश्लेषक लालले अहिले स्थिर भएको आन्दोलनलाई पुनः अगाडि बढाउन सात सुत्र दिएका हुन् ।

१. क्षमा यात्रा, विश्लेषक लालले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चालाई क्षमा यात्रा गर्न आग्रह गरेका छन् । लालले यति धेरै जनधनको क्षति भएपनि उपलब्धी हासिल हुन नसकेकोमा मधेशी जनता समक्ष क्षमा माग्न मोर्चालाई आग्रह गरेका छन् । उनले अव क्षमा माग्दा मधेशी–थारु मात्र नभई आदिवासी जनजाति र मधेशमा बस्ने पहाडेहरुसँग पनि क्षमा माग्न आग्रह गरे ।

२. विद्यार्थी र शिक्षक आन्दोलन, मधेश आन्दोलबाट प्रभावित बनेका विद्यार्थी र शिक्षकहरुसँग सहकार्य गर्न लालले आग्रह गरे । लालले उनीहरुको अध्ययन अध्ययापनमा परेको असरप्रति ध्यान दिदै उनीहरुलाई पनि आन्दोलनमा उनीहरुको सहयोगका लागि अपील गर्न आग्रह गरे ।

३. सांकेतिक विरोध, विश्लेषक लालले सांकेतिक विरोध गर्न आग्रह गरे । देश विदेशमा राष्ट्रियतासहितको सांकेतिक विरोध गर्न आग्रह गरे ।

४. भद्र अवज्ञा, साँकेतिक विरोध पछि भद्र अवज्ञाको कार्यक्रम गर्न लालले आग्रह गरे ।

५. असहयोग आन्दोलन, विश्लेषक लालले त्यसपछि असहयोग आन्दोलन गर्नु पर्ने बताए ।

६. आमहड्ताल, असहयोग आन्दोलनपछि विश्लेषक लालले आमहड्तालको कार्यक्रम हुनु पर्ने बताए ।

७. अनिश्चितकालिन आमहड्ताल, आमहड्तालबाट राज्यले नसुनेको खण्डमा अन्तिम अस्त्रका रुपमा आमहड्ताल गर्नुपर्ने विश्लेषक लालले बताए ।

2 COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.