IMG_8959
हुलाकी न्यूज, काठमाडौं १६ फागुन । सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेशमा जारी आन्दोलनलाई राष्ट्रिय आन्दोलन बनाउने क्रममा रहेको बताएका छन् ।

आइतबार काठमाडौंमा सदभावना पार्टी केन्द्रीय सम्पर्क समितिद्वारा आयोजित ‘जारी मधेश आन्दोलन के भावी कार्य दिशा’ अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष महतोले मधेश आन्दोलन राष्ट्रिय आन्दोलन बन्ने विश्वास पनि व्यक्त गरे ।

अध्यक्ष महतोले सरकारलाई अहिलेको समयलाई सदुपयोग गर्न पनि सुझाव दिए । महतोले भने,‘सरकारलाई मधेशी–थारुको माग पुरा गर्न अहिले सहज परिस्थिति छ । अहिलेको अवस्थामा सरकारले आन्दोलनकारीको माग पुरा गरेन भने पछि अप्ठ्यारो हुन सक्छ । अहिले आन्दोलनकारीहरुले शक्ति संचय गरिरहेको छ । चैत बैशाखमा घनघोर आन्दोलन हुनेछ ।’

कार्यक्रममा अध्यक्ष महतोले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा आन्दोलनको तयारीमा रहेको र त्यसै क्रममा सदभावना पार्टीले मेची–महाकाली हुलाकी यात्रा गर्न लागेको जानकारी दिए ।

अन्तरक्रिया कार्यक्रममा मधेशका बुद्धिजिवि, राजनीतिकर्मी, पेसाकर्मी तथा पत्रकारहरुको उपस्थित रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.