Mukesh_jha_tapalopa
हुलाकी न्यूज, काठमाडौं १६ फागुन । तराई–मधेश लोकतान्त्रिक पार्टीका युवा नेता मुकेश झाले अव मधेशमा ठूलो विद्रोह हुने बताएका छन् ।

हुलाकी न्यूजको गोलमेचमा सहभागी झाले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले जनतालाई अन्यौलमा राखेको भन्दै मोर्चाका विरुद्ध पनि विद्रोह हुन सक्ने चेतावनी दिए ।

मोर्चाको नेतृत्वले मधेशी युवा–विद्यार्थीलाई कुटाई खान मात्र प्रयोग गरेको बताउँदै मोर्चाले नेतृत्व हस्तान्तरण गर्नु पर्ने बताए ।

उनले मधेशी मोर्चाले तत्काल रणनीति सार्वजनिक गर्नुपर्ने र काठमाडौंलाई प्रभाव पर्ने आन्दोलन गर्नु पर्ने बताए ।

Hulakinews_Round_table-1

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.