CK_raut_program_rupandehi
हुलाकी न्यूज, भैरहवा १६ फागुन । सप्तरीमा पक्राउ परेका डा.सीके राउतका समर्थकहरुको रिहाईको माग गर्दै रुपन्देहीमा साईकल रैली गरिएको छ ।

रुपन्देहीको रायपुरदेखि मजगावासम्म भएको साईकल रैलीमा सयौं कार्यकर्ताहरुको सहभागिता रहेको स्वतन्त्र मधेश गठबन्धन रुपन्देहीले जनाएको छ ।

साईकल रैली पछि आयोजित कार्यक्रममा वक्ताहरुले पक्राउ परेका डा.सीके राउतका कार्यकर्ताहरुलाई तत्काल रिहा गर्नु पर्ने र अभिव्यक्ति स्वतन्त्रता कायम गर्नु पर्ने बताए ।

वक्ताहरुले मधेशीहरुको राजनीतिक अधिकार पनि सुरक्षित नरहेको बताउँदै राजनीतिक अधिकारका लागि लड्न आग्रह गरे ।

कार्यक्रम स्वतन्त्र मधेश गठबन्धनका रुपन्देही संयोजक भुपेन्द्र प्रसाद यादवको अध्यक्षतामा भएको थियो । संयोजन सर्बेन्द्र मौर्या र सञ्चालन विकास प्रसाद लोधले गरेका थिए ।

कार्यक्रममा दिलिप यादव, चन्द्रशेखर सोनार, भगवान दास गुप्ता, कन्हैयाराज भर र निहाल खान लगायतले मनत्व्य राखेका थिए ।

AIM_Rupandehi

Cycle_raily_ck_raut

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.