Hulakinews_Round_table-1
हुलाकी न्यूज, काठमाडौं १६ फागुन । मधेश–थरुहट आन्दोलन बारे हुलाकी न्यूज डटकमले गोलमेच छलफल सुरु गरेको छ । पहिलो चरणमा शनिबार मधेशी–थारु युवाहरुसँग छलफल गरिएको छ ।

छलफलमा राजनीतिक दलमा आवद्ध, पेसाकर्मी तथा स्वतन्त्र युवाहरुसँग मधेश–थरुहट आन्दोलनको भावी नीतिबारे छलफल गरिएको छ ।

छलफलमा विभिन्न क्षेत्रका मधेशी–थारु युवाहरु गरी २१ जनाले आफ्ना धारणा राखेका छन् । छलफलमा युवाहरुले राखेका धारणा क्रमिक रुपमा हुलाकी न्यूजले प्रकाशित हुनेछ ।

गोलमेचमा सहभागी अधिकांश युवाहरुले मधेश–थरुहट आन्दोलन समाप्त नभई नेतृत्व समाप्त भएको जिकिर गरेका छन् । उनीहरुले नयाँ नेतृत्व स्थापित भए मात्र मधेश–थरुहट आन्दोलन अगाडि बढ्ने धारणा राखे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.