Naya_sakti_Sarlahi_madhesh
हुलाकी न्यूज, मलगवा १६ फागुन । डा.बाबुराम भट्टराईले नेतृत्व गरेको नया“ शक्ति मधेश केन्द्रीत हुँदै गएको छ । मधेशका जिल्लाहरुमा हाल जारी नयाँ शक्तिको कार्यक्रमका वक्ताहरुले बाबुरामको धरातल मधेश रहेको बताउँदै आएका छन् ।

सर्लाहीमा आयोजित नयाँ शक्तिको जिल्ला भेलामा सहभागी नेताहरुले पनि मधेश आन्दोलनलाई जोड दिएका छन् । उनीहरुले मधेश आन्दोलन सफल भए बाबुराम सफल हुने र मधेश आन्दोलन असफल भए बाबुराम असफल हुने बताएका छन् ।

नया“ शक्तिको धरातल मधेश आन्दोलन रहेको र यही आन्दोलनले मुलुकको आदीवासी जनजाति, मधेशी, महिला र दलितको अधिकारको प्रत्याभूति हुन सक्ने बक्ताहरुले बताए । नयाँ शक्तिले मूर्तरुप मधेश आन्दोलनवाट प्राप्त गरेको बताउँदै नया“ शक्तिको उत्थान र विकाश मधेश आन्दोलनको सफलता र असफलतामा अन्र्तनीहीत रहेको समेत विचारहरु नेताहरुले राखे ।

कार्यक्रममा नयाँ शक्तिका केन्द्रीय सचिवालय सदस्य तथा कार्यक्रमका प्रमुख अतिथि रामचन्द्र झाले नेपालको स्थापना नै गोपालवंशी मधेशीहरुले गरेकोले मधेश आन्दोलनले उठाएका मागहरु स्थापित नहुन्जेल सम्म नेपालले स्थायित्व प्राप्त गर्न नसक्ने दाबी गरे ।

कार्यक्रमका विशिष्ठ अतिथि गंगानारायण श्रेष्ठले मधेशी जनताको हकअधिकार सुनिश्चित नभएसम्म कसैले पनि आन्दोलनलाई रोक्न नसक्ने विचार व्यक्त गरे ।

सचिवालय सदस्य रामरिझन यादवले मधेश आन्दोलन नयाँ शक्तिको उठान बिन्दू भएकोले अव हुने आन्दोलनमा नयाँ शक्तिको सक्रिय सहभागित रहने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.