matrika-yadav
हुलाकी न्यूज, काठमाडौं १६ फागुन । मातृका यादव संयोजक रहेको संयुक्त मधेशी राष्ट्रिय आन्दोलन समितिले जारी मधेश आन्दोलन चर्काउन विभिन्न कार्यक्रमहरु गर्दैछ ।

समितिले आन्दोलनको कार्यक्रम अन्तरगत सोमबार काठमाडौंमा अन्तरक्रिया गर्ने जनाएको छ ।

संयोजक यादवले हुलाकी न्यूजसँग कुराकानी गर्दै सोमबार दिउँसो सवा १२ बजे काठमाडौंको नयाँ बानेश्वरस्थित मसला कटेजमा अन्तरक्रिया गर्ने जनाएका छन् ।

संयोजक यादवले मधेश आन्दोलनः सम्भावना र चुनौति विषयमा अन्तरक्रिया हुने बताउँदै त्यसपछि आन्दोलनका थप कार्यक्रमहरु घोषणा हुने जनाए ।

कार्यक्रममा सीके लाल, खगेन्द्र संग्रौला, प्रदिप गिरी, सुरेन्द्र महतो र दिपेन्द्र झासहितले मनत्व्य राख्ने यादवले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.