KP_oli_bhairahawa

हुलाकी न्यूज, भैरहवा १४ फागुन । भैरहवामा आयोजित एमालेको कार्यक्रममा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले मधेशीहरु अशिक्षित भएकोले संविधान बारे भ्रममा परेको जनाएका छन् ।

नेपालमा जारी भएको संविधान बारे मधेशी जनतामा भ्रम रहेको बताउदै भ्रम चिर्न सरकारमा रहेको नेकपा एमालेको अञ्चल कमिटीले भैरहवामा “जनताको संविधान जनताको माझ” बारे बुझाउन आयोजना गरेको आमसभामा लक्षित जनताको उपस्थिति न्यून देखिएको थियो ।

उक्त कार्यक्रममा प्रधानमन्त्रीले मधेशीहरु अशिक्षित भनेपछि कार्यक्रममा सहभागी मधेशीहरुलाई उकुसमुकस भएको थियो ।

आयोजकले भैरहवामा आयोजना हुने उक्त आमसभाको लागी डेढ लाख बढी मधेशी जनता उतार्ने उदघोष गरेको थियो । रुपन्देही, नवलपरासी र कपिलवस्तु गरि डेढ लाख मधेशी सदरमुकाम ल्याउने आयोजकको योजना पूर्ण रुपमा बिफल भएको छ ।

कार्यक्रम स्थल सिद्धार्थ रङ्गशालामा केही मधेशी समुदाय देखिए पनि अधिकांश पहाडी जिल्लाबाट आएका कार्यकर्ता मात्र रहेका थिए ।

उपस्थित मधेशी समुदाय पनि प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधनबाट खुशी देखिएनन् । प्रधानमन्त्री आएर उल्टै मधेशी जनतालाई नै गाली गरेर गएको उनीहरुको प्रतिक्रिया रहेको थियो ।

सभालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले तराईमा जमिन्दारी तथा समान्ती ब्यावस्था कायम रहेको बताउँदै मधेशीहरुले बोक्सी भन्दै आफ्नै दिदी बहिनीलाई आरोप लगाउने गरेको बोले पछि अग्रपंक्तिमै उपस्थित मधेशीहरु उकुसमुकुस गरेका थिए ।

यति मात्र हैन प्रधानमन्त्रीले मधेशका जनता सुगम स्थानमा भएर पनि शिक्षा कम भएको बताए । त्यसपछि शिक्षामा कमजोर भएकोले मधेशीहरुले संविधान बुझ्न नसकेको तर्फ इगित गरेका थिए ।

नजिकै बिद्यालय भए पनि बाबालिकाहरु पढ्न पाएका छैनन् भन्दै उनले यी बिकृतीहरुलाई बदल्नु पर्ने आवश्यकता समेत औल्याए पनि त्यसले मधेशी सहभागीहरुको चित्त बुझाउन सकेनन् ।

शुक्रबार भएको कार्यक्रमलाई लक्षित गरि मधेशी मोर्चाले बन्दको आव्हान गरेको कारण पनि मधेशी जनता कार्यक्रम स्थल आउन सकेनन् । यता संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका संयोजक महेन्द्र यादवले एमालेको कार्यक्रम फेल भएको टिप्पणी गरेका छन् ।

मधेश बिरोधी संविधान जारी गरेको कारण मधेशी जनतामा एमाले र कांग्रेसप्रति बितृष्णा उनले बताए । मधेशी जनताले एमालेको कार्यक्रम बहिस्कार गरेको पनि यादवले दावी गरे ।

11 COMMENTS

  1. Afai ta slc ni pass garechaina…aru lai study ko kura garne..acchama ko cha neta ra neta ko mukh…aru ko taukoma jumura hernu vanda afai paile hernuparcha.

  2. Oli ji ghadaha Aaphulae kahile mahasus gradaina ki ma ghadaha hu Aagar usa lai thaha bhaya bhane u kahilai dhuga Aaphano pithama bokdainathe hola

  3. Laat ka vut baat se nahi maanta hai. O hai Bastard OLI. Ekber sahi se inko koi thikaane me laane bala hojaai to dekho kal se ye kya bolega MADHESHI Bir hai. MADHESH nahi to Nepal nahi.

  4. oli g madhes maa education ko kami sawikarda nai rajya bat madhesi banchit xa vane timi parmanit gariyo ab pani nepali janta li jhukyaune kam na gar khuruk rajeenama deu ra asal nagrik li des chalaun deu????????

  5. संबिधान मा प्रयोग गरेका शब्दहरु जस्तै, समानुपातिक, समाबेसी आदि लाई लिएर प्रधान मन्त्रीजी ले संबिधान राम्रो भएको तर मधेसी असिक्षित भएको कारण नबुझेको भनेको होला / तर मधेसी जनता ले त्यस्ता लागु नहुने शब्दहरु राम्रो संग बुझेकै कारण मधेश आन्दोलन भएको भन्ने कुरा एस. एल. सी पनि पास नभएको भनिएको प्रधान मन्त्रि ले कसरि बुझोस् नि?

  6. प्रधानमन्त्री जि आफै कतिको शिक्षित हुनुहुन्छ भने कुरा अस्ति को CTEVT लाई CCTV भने र बोलेको बेला नै थाहा भए होला जनतालाई हामीले भनिरहनु पर्दैन । लाटो देशको काना राजा। देश्को गरिमामय पोजिसनमा रहेर आफनै देशको जनता लाई गाली गर्नुमा आफुलाइ गौरव लागेको महसुस गर्नु भए होला।आत्मसात एकचोटि आफैलाइ सोधनु कि किन मधेसी हरु शिक्षित छैन? यसमा कस्तो ठुलो योगदान हो अनिमात्र थाह हुन्छ। जुन देशमा तपाई जस्तो नेता देशको प्रधानमन्त्री जस्तो गरिमामय पदमा पुग्न सक्छ त्यो देशको जनता कतिको शिक्षित हो भन्ने कुरा को प्रमाण दिइरहनु पर्दैन दुनियाँ लाई थाहछ। सबै को कल्याण होस् @@@

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.