Bhairahawa_Protest
हुलाकी न्यूज, भैरहवा १४ फागुन । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेताहरु भैरहवाबाट पक्राउ गरेका छन् ।

भैरहवामा प्रधानमन्त्री केपी ओलीको आगमनको विरोधमा प्रदर्शन गरेका मोर्चाका नेताहरु पक्राउ परेका छन् ।

स्थानीय सञ्चारकर्मीहरुले हुलाकी न्यूजलाई दिएको जानकारीअनुसार मोर्चाका केन्द्रीय नेतासहित करिब आधा दर्जन स्थानीय नेताहरु पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नेपाल सदभावना पार्टीका केन्द्रीय महासचिव हरिशचन्द्र सिंह, तराई मधेश लोकतान्त्रिक पार्टी रुपन्देहीका जिल्ला अध्यक्ष अजय वर्मा, संघीय समाजवादी फोरम नेपालका जिल्ला सदस्य रामविलास यादव, तुलसीराम यादव र रवि यादव पक्राउ परेका छन् ।

पक्राउ परेका नेताहरुलाई तत्काल रिहा गर्न माग गर्दै भैरहवामा प्रदर्शन भइरहेको छ । मधेशी मोर्चाका अन्य नेता तथा कार्यकर्ताहरुले विभिन्न चौकमा टायर बालेर प्रदर्शन गरिरहेका छन् ।

यता तराई मधेश लोकतान्त्रिक पार्टी र सदभावना पार्टीले उनीहरुको रिहाईको माग गर्दै प्रेस विज्ञप्ति जारी गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.