
रंजन भण्डारी, जलेश्वर १४ फागुन । जलेश्वर रंगशालामा नियमित छडके गर्न थालेपछि जुवा बन्द भएको छ । केहि दिन पहिले जुवाडेहरुको अखाडा रहेको रंगशाला अहिले क्रिकेट र फुटवल खेल्ने वालवालिकाहरुले भरिभराउ रहने गरेको छ ।
जलेश्वर रंगशालाकोे निर्माण युवाहरुको खेलकुद विकासको लागि गरिए पनि जुवा खेल्ने गाजा पिउनेहरुले रंगशालाको वातावरण नै विगारेपछि अधिकांश स्थानीयवासिन्दाले आफना बालवालिकालाई त्यहा खेल्न प्रतिबन्ध गलाएका थिए ।
जलेश्वर ५ का युवा राहुल भण्डारी भन्छन् ‘पहिला रंगशाालामा क्रिकेट खेल्न जादा जुवा खेलेको देखेर अप्ठयारो हुन्थ्यो र अभिभावकले समेत त्यँहा खेल्न जानु पर्दैन भनेर निर्देशन दिईरहन्थे तर अहिले सजिलो भएको छ । रंगशालामा जुवा बन्द भएपछि परिवारबाट समेत कुनै अवरोध हुदैन र हामी निर्धक्कसाथ खेल्छौ ।’
रंगशालामा जुवा बन्द भएपनि अन्य ठाउँमा जारी छ । त्यसैले स्थानीय प्रशासनको यसप्रति ध्यान जानु आवश्यक छ ।



