
हुलाकी न्यूज, काठमाडौं १४ फागुन । नेकपा एमालेका संसदले लुटपाट गराएको खुल्न आएको छ ।
खोटाङ्ग क्षेत्र नम्बर दुईबाट निर्वाचित एमाले संसद विशाल भट्टराईले प्रहरीको आडमा लुटपाट गराएको पीडितहरुले बताएका छन् ।
शुक्रबार रिपोटर्स क्लवमा पत्रकार सम्मेलनको आयोजना गरी खोटाङ्गका रविन राई र केशव न्यौपानेले सांसद भट्टराईको निर्देशनमा प्रहरीले आफूहरुलाई गैरन्यायिक हिरासतमा राखेर लुटपाट गरेको आरोप लगाएका छन् ।
नागरिक उड्डयन प्राधिकरण खोटाङ्ग थामखर्कस्थिति विमानस्थल सुरक्षार्थ सेक्यूरीटी भवन निर्माणको जिम्मा पाएका दिनेश थापाले काम नगरेपछि न्यौपानेसँग मिलेर काम गराईएको थियो तर लगानी भएको रकम थापाले न्यौपानेलाई नदिई संसदको शक्ति लगाएर उल्टै प्रहरीको गैरन्यायिक हिरासतमा राखेर लुटपाट गर्ने काम गरिएको पत्रकार सम्मेलनमा न्यौपानेले आरोप लगाए ।
न्यौपानेले खोटाङ्ग डिएसपी विद्यानन्द माझी र ईन्स्पेक्टर ईश्वर बस्नेतले विनाकारण पक्राउ गरी चार दिनसम्म हिरासतमा राखेर थापा र न्यौपानेवीच भएको १६ लाख ६० हजार रुपैयाको लेनदेनको कागज, २ लाख ३० हजार नगद, मोवाईल, औठी र कागजात लुटपाट गरेको बताए ।
सांसद भट्टराईले आफ्ना मानिस राजु ढकालमार्फत गराउन चाहेपनि थापालाई टेण्डर परेपछि विवाद बढेकोमा आफूले काम गरेपछि त्यसबाट रुष्ट भई आफूलाई यातना दिलाउने काम गरेको उनले बताए ।
उनीहरुले गैरन्यायिक हिरासतमा राख्ने प्रहरी अधिकारी र आफूलाई दुख दिने संसद भट्टराई दिनेश थापा, प्राचार्य कुमार पराजुली, राजु ढकाल र नरेन्द्र उदाससहित सबैमाथि कारवाहीको माग गरेका छन । न्यौपानेले आपूmले सभामुख, पार्टी र सुरक्षा निकायमा समेत उजुरी गर्दा पनि कारवाही हुन नसकेको गुनासो गरे ।



