हुलाकी न्यूज, जलेश्वर २५ भदौ । महोत्तरीमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा सशस्त्र प्रहरीका एक जना असईको मृत्यु भएको छ । सशस्त्र प्रहरीका असई थमनबहादुर विश्वकर्माको मृत्यु भएको सशस्त्र प्रहरीका एसपी विरेन्द्रबहादुर पाण्डेले सञ्चारकर्मीहरुलाई जनाएका छन् ।

तराई मधेश लोकतान्त्रिक पार्टीका स्थानीय एक जना नेताले दिएको जनकारीअनुसार पिपरा सनैठा सडक खण्डमा झडप भएको थियो ।

झडप पछि व्यापकरुपमा परिचालन गरिएको नेपाल प्रहरी र सशस्त्र प्रहरीले त्यसक्षेत्रको गाउँघरमा प्रवेश गरी कुटपिट सुरु गरेका छन् । उनका अनुसार अहिले त्यस क्षेत्रबाट मानिसहरु भागभाग गर्दैछन् ।

यता घटना बारे महोत्तरीका प्रमुख जिल्ला अधिकारीले केही भन्न नसकिने हुलाकी न्यूजलाई बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.