
हुलाकी न्यूज, काठमाडौं १४ फागुन । तराई–मधेश विद्यार्थी फ्रन्टका केन्द्रीय सदस्य उमेश कुमार यादवले अधिकार प्राप्त नभएसम्म मधेश आन्दोलन चलिरहने बताएका छन् ।
उनले, मधेशमा शोषण, उत्पीडन विभेदमा पारिएकाहरुलाई आफ्नो अधिकार प्राप्त नभएसम्म विगत छ महिनादेखि मधेशमा चलिरहेको अधिकार प्राप्तीको आन्दोलन जारी रहने बताएका छन् ।
सञ्चार माध्यमहरुसँग कुरा गर्दै यादवले, मधेश आन्दोलन कसैले रोक्न खोजे पनि नरोकिने बताउँदै संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आन्दोलनको स्वरूप मात्र परिवर्तन गरेको बताए ।



