Dostbin_janakpur
हुलाकी न्यूज, जनकपुरधाम १३ फागुन । सफा जनकपुर अभियान अन्तरगत बुधबार जनकपुरधाममा महासरसफाई अभियान चलाइएको थियो भने विहीबार फोहर व्यवस्थापनका लागि विभिन्न सहयोगहरु जुटाइएको छ ।

फोहर व्यवस्थापनका लागि केही क्लवहरुले फोहर फाल्ने भाँडो उपलब्ध गराएका छन् भने स्थानीयवासीहरुले फोहर गर्ने गाडी तथा धुलो उडाउने गाडीबालाहरुसँग छलफल थालेका छन् ।

जानकी युवा क्लवले फोहर व्यवस्थापनका लागि फोहर फाल्ने भाँडो उपलब्ध गराएको छ । उसले विभिन्न चौक चौकमा फोहर फाल्ने भाँडो राखेको छ ।

त्यस्तै जनकपुरधामका स्थानीयवासी तथा व्यापारीहरुले बाटोमा धुलो उडाउने ठूला साना गाडिहरुलाई घेरेका छन् । उनीहरुले बाटोमा पानीको फोहोरा हाल्ने व्यवस्था मिलाउन गाडि मालिक वा कम्पनीहरुसँग माग गरेका छन् ।

धुलोले स्वास्थ्यमा समस्या देखिएको भन्दै जनकपुरको सडकमा दिउँसो पानीको फोहरा दिन माग गर्दै गाडिहरु घेरिएका छन् ।

Janakpur-track

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.