Mahotry-Districkt_chaif
रंजन भण्डारी, जलेश्वर १२ फागुन । महोत्तरी जिल्लामा अधिकांश गाविस सचिवहरु सम्बन्धित गाविसको कार्यालयमा उपस्थित नहुँदा सेवाग्राही जिल्ला विकास र वरिपरिका क्षेत्रमा गाविस सचिव खौज्दै हिडेका छन् ।

गतवर्ष होलीको ५ दिन नबित्दै श्रीमानको मृत्यु भएको सरपल्लो निवासी श्याम देवी श्रीमानको मृत्युदर्ता गराउन जिल्ला विकास समितिको कार्यालयमा सचिवलाई खोज्दै दिईन । सो गाविसका सचिव शिवशरण यादव रहेको र उनैलाई आफु खोज्दै गरेको उनी बताउ छिन् ।

मधेशमा आन्दोलन शुरु भएदेखि नै सचिवको अत्तोपत्तो छैन उनी थप्छिन । त्यसतै सिस्वा कटैया गाविसका सचिव समेत कार्यालय पुग्दैनन सेवाग्राहीहरुको गुनासो छ । उनीहरु भन्छन सचिव न त गाविस कार्यालयमा वस्छन न त जिविस मै घरमै जादा मन लागेको सेवाग्राहीको काम गर्छन् नभए फर्काई दिन्छन् ।

सचिव अनुपस्थिति वारे जानकारी लिन खोज्दा सिस्वा कटैया गाविसका कार्यालय सहयोगी आफुले कार्यालयमा निवेदनहरु संकलन गरि सचिवज्युको घरमै वा जिविसमै ल्याएर सहि गराउने गरेको बताउँछन् । यस्तो किन भन्दा सचिवज्युले २–३ वटा गाविस हेर्नुपर्ने वाध्यताले गाविसहरुमा पुग्न नसेको उनी थप्छन । हाल गाविसहरुको परिषदको तयारी हुदै गरेकोले समेत सचिवज्युहरु भने हिसाव मिलानमै व्यस्त रहेको बुझिन्छ ।

यस सन्दर्भमा सचिवहरुको भने आफनै भनाई छ । विभिन्न योजना तर्जुमा र गाविसमा रहेको पोखरी आदी ठेक्कापटटा लगाउदा विभिन्न राजनितिक दलले गुन्डा नै लगाई धमक्याउने गरेकोले सचिवहरु गाविसमा वस्न नचाहेको मझौरा र बथनाहा गाविसका अध्यक्ष एवं सचिव गुलाव चौधरी बताउँछन् ।

हाल महोत्तरीका ६६ गाविसमा ५२ जना गाविस अध्यक्ष तथा सचिव मात्र रहेकोले सो समस्या रहेको तथा आफुहरुले लोकसेवा मार्फत पदपुर्ती गर्न मांग समेत गरिसकेकोले यसै आर्थिक वर्षमा भने पदपुर्ती हुने स्थानिय विकास अधिकारी कृष्ण प्रसाद चापागाई बताउछन ।

तर सचिवको गाविसमा अनुपस्थिति वारे भने आफु अनभिज्ञ रहेको बताउदै कार्यालयको काम र विदा वाहेकका दिनमा सचिवको कार्यालयमा उपस्थिति नभए कार्यवाही गर्ने स्थानिय विकास अधिकारी चापागाई बताउछन ।

विभिन्न वहानामा सेवाग्राहीको काम नहुदा उनी मर्कामा पर्ने गरेकाले सम्बन्धित गाविसहरुमा सचिवको उपस्थिति अनिवार्य देखिन्छ । हाल जिविस र वरिपरि तथा सचिवज्युहरुको घरसम्मै पुग्ने गरेका सेवाग्राहीहरु निशुल्क हुने काममा समेत मनपरी पैसा खर्चगर्नुपर्ने बाध्यता छ । हुनत सचिव अनुपस्थित वारे सिस्वा कटैया गाविसका नागरिकहरुले स्थानिय विकास अधिकारीलाई लिखित निवेदन नै गरिसकेका छन तर कार्यवाही कहिले हुने हो सो वारे अन्यौलता भने कायम नै छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.