Police-madhesh
रंजन भण्डारी, जलेश्वर १२ फागुन । विहीबारबाट महोत्तरी जिल्लाको सदरमुकामसहितका ठाउँहरुमा आन्दोलन चर्किने भएको छ ।

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ताहरुमाथि राज्य पक्षले झुठा मुद्दा लगाएको भन्दै मधेशी मोर्चा महोत्तरीले आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।

मोर्चाको बैठकले फागुन १३ गतेदेखि निरन्तररुपमा विरोधको कार्यक्रम गर्ने जनाएको छ ।

मधेश आन्दोलनको क्रममा भदौ २५ गते सशस्त्र प्रहरीका असई थमनवहादुर विश्वकर्मालाई कुटीकुटी हत्या गरेको भन्दै प्रहरीले तीन जना मोर्चाका कार्यकर्ताहरुलाई पक्राउ गरेको छ ।

उनको हत्यामा संलग्न रहेको आरोपमा जलेश्वर नगरपालिका वडानं. ३ बस्ने संजयकुमार साह, जलेश्वर नपा २ बस्ने प्रदिप साह माझी तथा परिकौली फुल्हटा ३ का मोहन ठाकुरलाई पक्राउ गरी कर्तव्य ज्यान तथा एम्बुलेन्समा आगजनी घटनामा मुद्दा चलाईरहेको छ । जसको विरोध हुँदै आएको छ ।

मोर्चाले फागुन १३ गते बिहीबारदेखि २० गतेसम्मको एकहप्ते विरोधको कार्यक्रम मोर्चासम्बद्ध विभिन्न पार्टीको संयोजकत्वमा निकाल्ने निर्णय गरेको हो । जसअनुसार फागुन १३ गते संघीय समाजवादी फोरम नेपाल, १४ गते सदभावना पार्टी, १६ गते फोरम गणतान्त्रिक, १७ गते तराई मधेश सदभावना पार्टी, १८ गते राष्ट्रिय मधेश समाजवादी पार्टी, १९ गते नेपाल सदभावना पार्टी, २० गते तराई मधेश लोकतान्त्रिक पार्टीको नेतृत्वमा दिउँसो १ बजे जुलुस प्रर्दशन गरिने मोर्चाद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Morcha_Mahotry

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.