
काठमाडौं । भारतका चर्चित कमेडियन कपिल शर्माको कमेडी विद कपिल बन्द भएको जानकारी सबैलाई नै छ होला । तर उनको नयाँ शोको जानकारी थोरैलाई होला ।
कलर्स टिभीमा बन्द भएको उनको शो सोनी टिभीमा आउने जानकारी भारतीय सञ्चार माध्यमहरुले दिएका छन् ।
सोनीबाट प्रशारण हुने उनको शोको पहिलो गेष्ट शाहरुख खान हुने पनि जनाइएको छ । उनको नयाँ टिमका केही तस्बिरहरु पनि सार्वजनिक भएका छन् ।
समाजिक सञ्जालमार्फत सार्वजनिक भएका तस्बिरहरुमा उनको पुरानो टिमका सिधु बाहेक सबै देखिएका छन् ।




