Sherbahadur deuba
शेरबहादुर देउवा

बाबुरामले जथाभावी बोल्न मिल्दैन

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ट नेता शेरबहादुर देउवाले मिडियाले आफ्नो चरित्र हत्या गरेको आरोप लगाएका छन् । मंगलबार बुढानिलकण्ठस्थित आफ्नै निवासमा पत्रकार सम्मलेन गरी देउवाले भने– ‘थारुहरुको अधिकारका लागि सबै भन्दा धेरै लड्ने म नै हुँ । मिडियाले गलत कुरा गरेर मेरो चरित्र हत्या गर्‍यो ।’

शिर्ष नेताहरुको बैठकमा बरिष्ठ नेता देउवाले थारुहरुलाई रौँ जति पनि अधिकार दिन नसकिने बताएपछि त्यसको चारै तर्फ आलोचना भएपछि देउवाले पत्रकार सम्मेलन गरी आफू नै थारुहरुको मसिहा भएको बताएका हुन् । ‘थारुहरुले अहिले जति पनि अधिकार पाएका छन् सबै मैले नै दिलाएको हुँ । मैले थारुहरुलाई अधिकार दिन नखोजेको भन्नु सरासर झुठ हो । अधिकार दिलाउन आफू नै पहिलो व्यक्ति भएको बताएका देउवाले अधिकार दिने नाममा सबै समूदायलाई प्रदेश दिँदै जान नसकिने भने आफ्नो स्पष्ट धारणा राखे । ‘म जिल्ला टुक्राउने पक्षमा हिजो पनि थिइन आज पनि छैन र भोली पनि रहन्न ।’– देउवाले भने ।

तर उनले राना थारुलाई अलग्गै सुचिकृत गरेर तथा कमैया थारुहरुलाई विशेष आरक्षण दिएर अधिकार दिन सकिने स्पष्ट पारे । ‘म अहिले पनि राना थारु र कमैया थारुहरुलाई अधिकार दिने पक्षमा नै छु ।’– देउवाले भने । केही नेताहरुको राजनीतिक स्वार्थका कारण पिछडिएका समूदायलाई अधिकार दिन कठिनाई भएको तथा सिमांकनमा पनि समस्या देखिएको कुरा सार्वजनिक भैरहँदा देउवाले पत्रकार सम्मेलन मार्फत आफ्ना कुरा सार्वजनिक गरेका हुन । उनले कैलालीको टिकापुरमा भएको घटना जघन्य अपराध भएको भन्दै त्यसका दोषीलाई कारवाही गर्नु पर्ने समेत बताए । ‘घटनाका दोषीलाई कडा भन्दा कडा कारवाही गर्नु पर्छ ।’– देउवाको कथन थियो ।

उनले पाहाडी र थारु समूदाय मिलेर बस्नु पर्ने धारणा राख्दै त्यसो गरेमा धेरै वटा प्रदेश बनाउन नपर्ने समेत बताए । पत्रकारहरुसँग बोल्ने क्रममा उनले संबाद समितिका सभापति तथा एमाओवादी नेता डा बाबुराम भट्टराईलाई संबाद समितिको सभापतिका भएका मान्छेले धेरै बोल्न नहुने धारणा राखे । ‘बाबुराम जीले कयौं कुरामा टिप्पणी गर्दै हिड्नु हुन्छ वहाँले जथाभावि बोल्नु हुँदैन ।’– देउवाले भने ।
खबरडवली

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.