अभिनेत्री प्रियंका कार्कीले एकल एल्बम निकाल्ने खबर झन्डै एक वर्षअघिकै हो । तर, उनको एल्बम अहिलेसम्म बजारमा आएको छैन । हालै उनले गायक बच्चु कैलाशको चर्चित गीत ‘तिमीले त होइन, तिम्रा आँखाहरूले…’ आफ्नो स्वरमा रेकर्ड गराएकी छिन् ।
यसअघि उनले गाएको ‘आवरण’ फिल्मको शीर्ष गीत भने खासै जमेन । गीत मात्र होइन, उनी स्वयं प्रमुख भूमिकामा रहेको सो फिल्म असफल भयो । तर, प्रियंकाले रहर पूरा गर्न मात्रै गीत रेकर्ड गराएको दाबी गरेकी छिन् ।



