umesh-yadav-sichai-mantri
हुलाकी न्यूज, राजविराज, ११ फागुन । मधेस आन्दोलनका क्रममा प्रहरीको गोली लागि सप्तरीको भारदहमा मृत्यु भएका दुईजनाको परिवारलाई सिँचाइमन्त्री उमेश यादवले आर्थिक सहयोग गरेका छन् ।

भारदहमा आइतबार मन्त्री यादवले दुवै परिवारलाई प्रतिपरिवार ११ हजार रुपैयाँका दरले आर्थिक सहयोग गरेका हुन् ।

मधेस आन्दोलनका क्रममा प्रहरीको गोलीबाट सप्तरीको भारदह–१ का राजीव राउत र पोर्ताह–१ का रामकृष्ण राउतको मृत्यु भएकोमा उनीहरुका परिवारलाई मन्त्री यादवले उक्त आर्थिक सहयोग गरेका हुन् । गत भदौ १ गते राजीवको र भदौ २३ गते रामकृष्णको प्रहरीको गोलीबाट ज्यान गएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.