apeel_for_support
हुलाकी न्यूज, काठमाडौं ११ फागुन । आइतबार सिरहाको विषणपुरमा भएको आगलागीबाट करिब ५० घर–परिवार घरवार विहिन बनेका छन् ।

स्थानीय अनुगमन कर्ताहरुले दिएको जानकारीअनुसार हालसम्म ती परिवारहरुले राहत पाएका छैनन् । खुल्ला आकाश मुनी बसेर रात काटेका छन् ।

अग्निपीडितहरुको सहयोगका लागि काठमाडौंमा युवाहरुले पहल थालेका छन् । उनीहरु राहत संकलनका लागि जुटेका छन् ।

सरोज राय र विनय पजियारसहितका मधेशी युवाहरुले राहत संकलन गरी अगलागी भएको क्षेत्रमा सक्रिय रहेको संस्था कोशिस र अन्य सहयोगीहरुलाई उपलब्ध गराउने जनाएका छन् ।

हुलाकी न्यूजसँग कुराकानी गर्दै सरोज रायले राहत सामाग्रीहरु संकलन भइरहेको जनाएका छन् । रायले थप जानकारी आएपछि आगलागी भएको क्षेत्रमा सक्रिय भएको कोशिस संस्थाका डा.राम ज्ञान यादवमार्फत पठाइने जनाए ।

यता विनय पजियारले हुलाकी न्यूजसँग कुराकानी गर्दै आगलागी भएको क्षेत्रमा केही युवाहरु पुगेको र एक–दुई दिनभित्र संकलन हुने राहत सामाग्री पठाइने बताए ।

अर्कोतर्फ मधेश रिलिफ फण्डले पनि सहयोगका लागि आह्वान गरेको छ । फण्डका संयोजक कृष्ण चन्द्र प्रसाद साहले अग्निपीडितहरुका लागि सहयोग गर्न देश–विदेशमा रहेकाहरुलाई आग्रह गरेका छन् ।

काठमाडैंमा सहयोगका लागि
कृष्ण चन्द्र प्रसाद साह–९७४१२२४७१८
सरोज राय–९८४१२०२०२५
विनय पजियार– ९८४३४९२४६६

अथवा हुलाकी न्यूज (९८५११२८७६३) लाई सम्पर्क गरी पनि आफुले गरेको सहयोग वा गर्न चाहेको सहयोग बारे जानकारी गराउन सक्नु हुन्छ । हुलाकी न्यूजले समाचार सामाग्रीको रुपमा प्रकाशन गर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.