Ramjendra Mahato-bamdev gautam
६ भदौ, बिराटनगर । सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले आफूले आतंकवादी काम गरेको प्रमाणित गर्न उपपप्रधान एवं गृहमन्त्रीलाई चुनौती दिएका छन् ।

बिराटनगरमा आइतबार आयोजित एक कार्यक्रममा महतोलेसम्प्रदायिकताको कुरा गरेको प्रमाणित गरेर देखाउन मन्त्री गौतमलाई चुनौती दिएका हुन् ।

‘हामी लोकतन्त्रवादी हौं, हामीले वामदेव गौतमजस्तो बञ्चरोले टाउको काट्ने काम गरेको छैनौं’ उनले भने-‘टीकापुरको टेप सुनेर हामीलाई आतंकवादी हुन्, सम्प्रादायिकता फैलाए भन्छन् भने म चुनौती दिन्छु, प्रमाणित गरियोस्, राजेन्द्र महतोले कहाँ आतकवादी कुरा गर्‍यो ? कहाँ सम्प्रदायिकताको कुरा गर्‍यो ?’

अधिकारका लागि लड्न आग्रह गर्नु अपराध हो भने त्यो स्वीकार्य भएको उनले बताए । महतोले भने-‘यदि अधिकारका लागि लड्न आग्रह गर्नु अपराध हो भने २५ वर्षदेखि यस्तो अपराध गरिरहेको छु, जीवन भर गरिरहन्छु ।’

मधेसी मोर्चाले मधेस थरुहट प्रदेशका लागि हुने आन्दोलनमा सहादत प्राप्त गरे प्रादेशिक सरकार बनेपछि ५० लाख दिने घोषणा गरेपछि गृहमन्त्रीले यस्तो आतंकवादीले मात्र गर्ने बताएका थिए ।

पैसालाई जीवनसँग तौलन हुँदैन

पैसासँग जीवनलाई तौलन नहुने भन्दै महतोले मधेसी मोर्चाको निर्णयको बचाउ गरेका छन् । उनले भने-‘५० लाख त के, ५० करोडमा पनि कुनै पनि नागरिक साहदत हुन सक्दैन ।’ उनले थपे- ‘पैसालाई जीवनसँग तौलन हुँदैन । यो मान्यतालाई सबैले बुझ्नुपर्छ ।’

अधिकारका लागि लड्नेलाई सम्मान मात्र गर्न यस्तो निर्णय गरेको उनको दाबी थियो । महताले भने-‘यो हाम्रो भावना मात्र हो, तपाईहरु भावनालाई छाडेर पैसालाई इंगित नगरिदिनु होस् ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.