
हुलाकी न्यूज, काठमाडौं १० फागुन । स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा.सीके राउतको गृह जिल्लाबाट पक्राउ परेका कार्यकर्ताहरुलाई थुनामा राख्नका लागि म्याद थप गरिएको छ ।
विशेष अदालत काठमाडौंले पक्राउ परेका ६ जनाको म्याद थप गरेको छ ।
सप्तरीको भारदह र राजविराजबाट पक्राउ परेका ६ जनाको १० दिनका लागि म्याद थप गरिएको हो । भारदहस्थित वि.पी. माध्ययमिक विद्यालयमा गठबन्धनद्वारा शुक्रवार आयोजित कार्यक्रम स्थलबाट प्रहरीले श्यामसुन्दर मण्डल, भोगेन्द्र शर्मा र सुरेन्द्र मण्डललाई पक्राउ गरेको थियो ।
उनीहरुलाई शुक्रबारै राती म्याद थप गराउनका लागि जिल्ला प्रहरी कार्यालय सप्तरीले काठमाण्डौ ल्याएको थियो । तीन जनालाई आइतवार विशेष अदालतबाट अनुसन्धानका क्रममा दश दिनको म्याद थप गरिएको थियो भने बाँकी तीन जनाको सोमबार म्याद थप गरिएको गठबन्धनका उपाध्यक्ष चन्दन सिंहले हुलाकी न्यूजलाई बताए ।
आफ्ना सहकर्मीको रिहाईको माग गर्दै राजविराजमा प्रदर्शन गर्ने क्रममा आइतवार पक्राउ गरेका सात जनामध्ये गठबन्धनका जिल्ला संयोजक सुरेन्द्र मधेशी, सदस्यद्वय बुधेश्वर मण्डल र महेश शर्मालाई आइतवारै राती म्याद थप गराउनकालागि काठमाण्डौ ल्याइएको छ । सोमवार अदालतमा पेश गरेपछि उनीहरुको समेत म्याद थप गरिएको छ ।
फाईल फोटो



