Lathi julus in madhesh
गौतम श्रेष्ठ / ६ भदौ, रौतहट । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले रौतहट सदरमुकाम गौरमा आइतबार लाठी जुलुस प्रदर्शन गरेको छ ।

सरकारले लाठी जुलुस प्रदर्शन गर्न रोक लगाए पनि मोर्चा कार्यकर्ताहरुले मधेस प्रदेशको नारा लगाउँदै लाठी जुलस निकालेका हुन् ।
जुलुसमा सहभागि हुन गाउँ गाउँबाट स्थानीय युवाहरुलाई मोर्चाका नेताहरुले गौरमा ओसारका थिए । ८ दिनसम्म शान्तिपूर्ण प्रदर्शन गर्दा पनि मधेसको माग सुनवाइ नभएको र उल्टै बाराको ठोरी गाविसलाई अर्को प्रदेशमा गाभिएकोमा उनीहरुले विरोध गरे ।

भन्सार कार्यालयमा ढुंगामुढा

नगर परिक्रमाको क्रममा जुलुसमा सहभागीहरुले गौर भन्सार कार्यालयमा र सुरक्षाकर्मीलाई ढुंगा प्रहार गरेका थिए । उनीहरुलेे भन्सार कार्यालयको ढाट खसाएर ताल्चा लगाएका थिए ।
उत्तेजित भिडलाई नियन्त्रण गर्न मोर्चाको नेताहरुलाई हम्मे-हम्मे परेको थियो । तर, मधेसी मोर्चाका नेताहरुले स्थितिलाई सामान्य बनाएका थिए ।
हातमा भाटा बोकेका आन्दोलनकारीहरुले आफ्ना मागहरुप्रति सरकार गम्भीर नभएको भन्दै आन्दोलनलाई अझै सशक्त बनाउने चेतावनी दिएका छन् ।

उपभोग्य सामाग्री अभाव

लामो समयदेखिको बन्दले रौतहटको गरुडा भन्दा दक्षिणको क्षेत्र सबैभन्दा बढी प्रभावित बनेको छ । बन्दका कारण दैनिक उपभोग्य सामग्रीको अभाव हुन थालेको छ । सदरमुकाम गौरमा खाना पकाउने ग्यास तथा पेट्रोलियम पदार्थको अभाव भएको छ । तरकारीको मूल्य पनि आकाशिएको छ ।
सुरक्षालाई ध्यानमा राख्दै कुनै अपि्रय घटना हुन नदिन सुरक्षा सर्तकर्ता बढाइएको छ । सबै सरकारी कार्यालय तथा चोकहरुमा प्रहरी परिचालन गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.