
राजविराज, १० फागुन । राजविराज नगरपालिकाका कर्मचारीहरुले आइतबारदेखि आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।
कर्मचारीहरुले कालोपट्टी बाँधेर विरोध जनाउने, नगरपालिकाका कार्यकारी अधिकृत विष्णु प्रसाद गुरुङ्गलाई असहयोग गर्न विभिन्न आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् ।
आन्दोलनका कार्यक्रम अन्र्तगत कार्यकारी अधिकृत गुरुङ्गको निवासमा कुनै पनि कर्मचारी नजाने ,कार्यालय समय बाहेक नगरपालिकाको सवारी साधन पिकअप जिप प्रयोगमा रोक लगाउने, अधिकृत गुरुङ्गको कार्य कक्षमा कार्यालयको काम बाहेक कुनै पनि प्रकारको सहयोग नगर्ने आदि छन् ।
कर्मचारीबाट पेश भएको मागमध्ये केही माग आर्थिक भएको हुँदा सो समेत पुरा नभएकोले कार्यकारी अधिकृत गुरुङ्गको नियतमाथि शंका देखिएको भन्दै अगामी दिनमा समेत नियतवश चलखेल नहोस् भन्दै मागहरु पुरा नभए सम्म योजना तथा कार्यक्रम सम्बन्धि कुनै पनि भुक्तानीमा रोक लगाउने तथा नेपाल नगरपालिका कर्मचारी एशोसिएशन टेकु काठमाण्डौको केन्द्रीय निर्णय अनुसार माग राखेर आन्दोलनमा उत्रेको प्रेस विज्ञप्तिमा जनाईएको छ ।
आगामी फागुन १६ गतेसम्म हुने तथा त्यस पछिको आन्दोलनलाई अझ थप उचाईमा पुयाउने राजविराज नगरपालिका कर्मचारी एसोसिएशन इकाई समितिका अध्यक्ष उमेश प्रसाद यादवद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।



