jantantrik
सैन्य कमाण्डर अजय सिंह

हुलाकी न्यूज, जनकपुरधाम १० फागुन । जारी मधेश आन्दोलनमा हतियार उठाएका सशस्त्र समूह जनतान्त्रिक टाईगर जनशक्ति पार्टीका नेताहरु पक्राउ परेका छन् ।

मधेश आन्दोलनकै क्रममा काँग्रेस नेता तथा कार्यकर्ताहरुमाथि आक्रमणको जिम्मा लिएका जनतान्त्रिक टाईगरका सैन्य कमाण्डरसहितका नेताहरु पक्राउ परेको धनुषा प्रहरीले जनाएको छ ।

मधेशमा आन्दोलन जारी रहेको बेला काँग्रेसका संसदहरुले मधेशमा प्रबेश गरी अधिवेशन लगायतका कार्यहरु गरेर मधेश आन्दोलनलाई विथोल्न खोजेको आरोप लगाउँदै जनतान्त्रिक टाईगरले कारवही गरेको जिम्मेबारी लिएको थियो ।

यता धनुषा प्रहरीका अनुसार उक्त समूहले धनुषा लगायतका जिल्लाहरुमा फिरौती उठाउँदै आएको थियो ।

धनुषा प्रहरीले दिएको जानकारीअनुसार सैन्य कमाण्डर अजय सिंह भनिने रामरिझन यादवलाई धनुषाको सिमावर्ती क्षेत्रबाट पक्राउ गरिएको हो । त्यस्तै उनका दुई जना सहयोगीहरुलाई धनुषा पोर्ताहाबाट पक्राउ गरिएको छ ।

jantantrik.-2

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.