Kp-oli-primeminister
हुलाकी न्यूज, राजविराज, १० फागुन । भारतको देहरादुनमा अध्ययनरत मधेशी विद्यार्थीहरुले कालो झण्डा देखाउने भएपछि भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यक्रम स्थगन गरेको खबर आएको छ ।

भारतको उतराखण्ड अवलोकनका क्रममा ओलीलाई कालो झण्डा देखाउने तयारी भएको थाहा पाएपछि ओलीले देहरादुनको भ्रमण रद्द गरेका हुन् । ओली देहरादुन एयरपोर्टबाट आउन लागेको समयमा एयरपोर्ट नजिक मधेशी बिद्यार्थीहरुले कालो झण्डा देखाउने तयारी गरेका थिए ।

यसैबीच, विद्यार्थी मञ्चका केन्द्रीय अध्यक्ष किशोर कुमार यादवले अब मधेशी युवा विद्यार्थी जागिसकेको भन्दै मधेशको माग तत्काल सम्बोधन गर्न माग गरेका छन् । युवा विद्यार्थीहरुलाई व्यापक रुपमा धरपकड भईरहेकोले यस्ता क्रियाकलाप तत्काल सच्याउन उनले माग गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.