
हुलाकी न्यूज, सर्लाही, १० फागुन । सर्लाही जिल्लाका लोकमार्ग देखि दक्षिण तर्फका दुई वटा ग्रामिण सडक को स्तरोन्नति गरिने भएको छ ।
विश्वबैंक को सहयोग मा हरिवन को कृष्ण चोक देखि जानकिनगर हुँदै कौडेना सम्म करिब ३१ किमि र कर्मैया देखि हजरिया हुँदै महिनाथपुर सम्म करिब ५३ किमि ग्रामिण सडक कालोपत्रे हुने भएको हो ।
५ बर्ष भित्र सडक को निर्माण कार्य सम्पन्न गर्ने योजना छ । ३०फिट चौडाइ हुने सडकमा १४ फिट कालोपत्रे पिच र लखन्देही नदि मा पक्की पुल समेत निर्माण गरिने छ ।



