siraha-1
हुलाकी न्यूज, सिरहा, १० फागुन । सिरहाको धनगढीमाई नगरपालिका १३ भर्लेनीमा आइतबार दिउँसो भिषण आगलागी हुँदा २५ परिवारको ४२ घर टहरा जलेको छ । आगलागीमा परि ५० लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ ।

स्थानीय मनिकलाल यादवको घरबाट शुरु भएको आगो केहीबेरमै गाउँभरी फैलिएको स्थानीय मनिया यादवले बताए । यादवका अनुसार आईतबारे बर्तको लागि घरमा खिर पकार्ईरहेको बेला अकस्मात् आगो लागेको थियो ।

हावा बेस्सरी चलेको कारण गाउँभरी क्षणभरमै आगो फैलिएको यादवले बताए । आगलागीबाट घरमा रहेको अन्नपालत, लत्ताकपडा पूर्णरुपमा जलेको पीडितले बताएका छन् ।

स्थानीय बासिन्दा, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र लहान नगरपालीकाको वारुण यन्त्रको संयुक्त प्रयासमा आगो नियन्त्रणमा आएको थियो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.