
हुलाकी न्यूज, नयाँ दिल्ली १० फागुन । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतको राजधानी नयाँ दिल्लीमा कालो झण्डा देखाएपछि पक्राउ परेका मधेशी–थारु विद्यार्थीहरु आइतबार रिहा भएर आज पुनः प्रदर्शन गर्दैछन् ।
आइतबार दिउँसो रिहा भएका २० जना मधेशी–थारु विद्यार्थीहरुसहित आज १२ बजेपछि नयाँ दिल्ली बारखम्बा रोडस्थित नेपाली दुतावास अगाडि प्रदर्शन गर्दैछन् ।
युनाईटेड मधेशीका संयोजक संजय यादवले हुलाकी न्यूजसँग कुराकानी गर्दै दिउँसो १२ बजेपछि दुतावास अगाडि प्रदर्शन हुने जनाए । यादवले भारतीय नेता डा.रघुवंश प्रसाद सिंहलगायतकाहरु पनि प्रदर्शनमा सहभागी हुने जनाए ।
संयोजक यादवले दिल्लीमा रहेका सम्पूर्ण–मधेशी थारुहरुलाई आजको प्रदर्शनमा सहभागी हुन आह्वान गरिएको जानकारी दिए ।
युनाईटेड मधेशीद्वारा धन्यवाद ज्ञापन
युनाईटेड मधेशी नयाँ दिल्लीले सम्पूर्ण पक्षलाई धन्यवाद ज्ञापन गरेको छ । पक्राउ परेका नेता तथा विद्यार्थीहरुलाई रिहा गराउनमा सहयोग गरेका मधेशी युवा, नागरिक समाज, पत्रकार, राजनीतिक दलका नेता, शुभचिन्तकलगायत सम्पूर्णलाई धन्यवाद दिइएको छ ।
United Madheshies of nepal
21st Feb,16
New Delhi
United Madheshies of Nepal would like to thank all madheshi youths,civil society members,leaders,and wellwishers for their supports for quick release.
Members of United Madheshies of Nepal had greeted the PM of Nepal KP Sharma Oli with black flags on 19th of February at IGI Airport,New Delhi and at Nepal Embassy(Barakhamba Road).While chanting slogans against the PM of Nepal at the embassy,delhi police had detained Mr.Sanjay Yadav,President of United Madheshies of Nepal(UMN) along with 19 madheshi students,who were later sent to Tihar Jail.
Though they were supposed to release on 23rd feb,all the members were released today because of the unconditional support from different madheshies and madheshi organisations.



