
हुलाकी न्यूज, राजविराज, ९ फागुन । मधेस विरोधी भावना फैलाएको भन्दै मधेसी मोर्चा सप्तरीले नेपाली फिल्म ‘भैरव’ प्रदर्शनमा रोक लगाएको छ ।
राजविराजको सिनेमा हलमा पछिल्लो पाँच दिन यता प्रदर्शन हुँदै आएको यो फिल्मको प्रदर्शनमा आईतबार बिहानदेखि रोक लगाइएको हो । मोर्चाका नेता, कार्यकर्ताहरुले फिल्मको पोष्टर जलाउँदै प्रदर्शन नगर्न हल संचालकसँग आग्रह गरेका थिए ।
मधेसी मोर्चा कार्यकर्ताहरुले भनेपछि भैरव प्रदर्शन बन्द गरिएको सिनेमा हलले जनाएको छ । स्थानीय शिव शंकर सिनेमा हलले यो फिल्म प्रदर्शन गरिरहेको थियो ।
संघीय समाजवादी विद्यार्थी फोरम नेपालका केन्द्रिय सदस्य शैलेन्द्र साहले मधेसीलाई होच्याएर बनाएको कारणले यो फिल्म प्रदर्शनमा रोक लगाइएको बताए ।



