हुलाकी न्यूज, महोत्तरी, ९ फागुन । महोत्तरी जिल्लाको सोनौलमा ट्रयाक्टरले ठक्कर दिँदा एक बालकको ज्यान गएको छ ।
सोनौल–५ को कच्ची सडकमा ज १ त ५५३४ नम्बरको ट्रयाक्टरले ठक्कर दिँदा साइकलमा सवार सोनौल–८ का बौवालाल चौधरीका १२ वर्षका छोरा रघुनन्दन चौधरीको घटना स्थलमै ज्यान गएको हो ।
घटनापछि चालक फरार रहेको र ट्रयाक्टरलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।



