nepalgunj-1आशिष गुप्ता, नेपालगंज ६ भदौ । नेपालगंजमा पुनः मधेशी–पहाडी दंगा फैलिन सक्ने संभावना बढ्दै गएको छ । आइतबार बन्दको विरोधमा उत्रेका गैरमधेशीहरुले संघीयता विरोधी नारा लगाउँदै बजार खुलाउने प्रयास गरेका छन् ।
काँग्रेस–एमालेका कार्यकर्ताहरु सहभागी रहेको उक्त जुलुस धनबोधी चौकबाट सुरु भएर बीपी चौक, घरवाई टोल हुँदै सेतविक चौकमा गएर कोणसभामा परिणत भएको थियो ।
प्रदर्शनका क्रममा ‘संघीयता चाहिँदैन, मलाई नेपाल प्यारो छ…..मधेशी…देश छोर…’सहित मधेशी समुदायलाई होच्याउने खोले नाराहरु पनि लगाइएको छ । उनीहरु बाँसको फटासहितले प्रर्दशनमा उत्रेका थिए ।
उनीहरुले नारा लगाउँदा विभिन्न चौकमा आक्रोसित बनेका मधेशी समुदायसँग झडपको स्थित उत्पन्न थियो । झडप हुन नदिन प्रहरीलाई हम्मेहम्मे परेको थियो ।
मधेश आन्दोलनताका पनि नेपालगंज दंगाले उग्ररुप लिँदा निकै जनधनको क्षति भएको थियो भने मधेश आन्दोलनमा घिउ हाल्ने काम गरेको थियो ।

मानव अधिकार आयोगकै कार्यक्रममा तनाव

मानव अधिकार आयोगले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमा बन्दकर्ता तथा बन्द खुलाउनेबीच तनाव भएको छ ।
अन्तरक्रिया कार्यक्रमा मधेशी मोर्चाका नेताहरु पशुपति दयाल मिश्र तथा विजय गुप्तामाथि गैरमधेशवादी दलका नेताहरु आक्रमक भएर प्रस्तुत भएका थिए ।
कार्यक्रममा नेपालगंज उद्योग बाणिज्य संघले पनि बन्दको विरोध गरेका थिए । नेता मिश्राले बाणिज्य संघका अध्यक्ष गैरमधेशी भएकोले उनले बन्द खोलाउन तथा आन्दोलनको विरोधमा रहेका समुदायलाई उक्साउन खोजेको आरोप लगाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.