12744066_1010976832274882_767484054226050072_n
हुलाकी न्यूज, काठमाण्डौ, ९ फागुन । नेपालका प्रधानमन्त्री केपि शर्मा ओलीलाई कालो झण्डा देखाएपछि पक्राउ परेका मधेशी विद्यार्थीहरुलाई भर्खरै रिहा गरिएको छ ।

भारतिय समाचार च्यानल आज तकका नेपाल संवाददाता पंकज दासका अनुसार उनीहरुलाई केहिबेरअघि रिहा गरिएको हो ।
उनीहरुलाई शुक्रबार साँझ दिल्लीस्थित नेपाली दुतावास अगाडिबाट दिल्ली पुलिसले पक्राउ गरेको थियो ।

पक्राउ भएलगत्तैदेखि मधेशवादी दल, विद्यार्थी संगठन, लगायतले उनीहरुको पक्राउको विरोध गर्दै रिहाइको माग गरेका थिए ।
शुक्रबार पक्राउ पछि तिहार जेल चलान गरिएको उनीहरुलाई आइतबार दिउँसो रिहा गरिएको हो ।

भारतस्थित युनाइटेड मधेशी अफ नेपालले उनीहरुलाई स्वागत गर्ने तयारी गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.