Untitled                                                                     (तस्वीर:बायाँ उज्ज्वल झा र दाहिनेतिर सूर्यकिरण यादव)

हुलाकी न्यूज, काठमाण्डौ, ९ फागुन । नेपालका प्रधानमन्त्री केपि शर्मा ओलीलाई कालो झण्डा देखाएकोले दिल्ली पुलिसद्वारा पक्राउ पर्नेमा सांसदपुत्र र मधेशवादी दलका नेताका छोरा पनि छन् ।

सांसद डिम्पल झा र नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झाका छोरा उज्जवल झा पनि दिल्लीमा पक्राउ परेको बुझीएको छ ।
त्यसैगरी संयुक्त मधेशी राष्ट्रिय आन्दोलनका नेतृत्व गरिरहेका मातृका यादव का छोरा सूर्यकिरण यादव पनि पक्राउ परेका छन् ।

भारतस्थित नेपाली दुतावासका अगाडि नेपाली प्रधानमन्त्रीलाई कालो झण्डा देखाउने क्रममा दुतावासको आग्रहमा पक्राउ परेका अन्य मधेशी विद्यार्थीहरुमा विकास मिश्रा, संजय यादव, प्रविण कर्ण, अभिषेक मिश्रा लगायत २२ जना रहेका छन् ।

दिल्लीमा पक्राउ परेका विद्यार्थीहरुको रिहाइका लागि मधेशवादी दलका नेता तथा विद्यार्थीहरुले माग गरिरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.