संघीय समाजवादी फोरमका नेता अशोक राईले संविधान बनाउने क्रम अन्तिम चरणमा प्रवेश गर्दै गर्दा दिनप्रतिदिन सभासदहरू सदन बहिष्कार गर्नेक्रम बढिरहेको भन्दै यसलाई नेतृत्वले कसरी लिएको छ भन्ने प्रश्न गरे। उनले यसलाई नेतृत्वले कुचाले बढार्नु पर्ने फोहोर हावाले उडाएको ठानेको भए गलत हुने बताए।
अहिले देशभरी आन्दोलनमा उत्रिदा राज्यले दमन गरी राम्रो संविधान आउन नसक्ने बताए। उनले राजनीतिक आन्दोलनलाई लिक बाहिर लाने प्रयास भएको र जनताले चाहेजस्तो संविधान नल्याइ प्रक्रियामा पनि बलमिच्याइ भइरहेको भन्दै जिममेवार दलका जिम्मेवार नेताले आफ्नो विवेकलाई पराजित हुन नदिन आग्रह गर्दै समय छदै सबैको लागि स्वीकार्य हुने संविधान बनाउन अन्तरिम संविधान र विगतका सहमति र सम्झौतालाई सस्थागत गरे हुने बताए।
अहिलेसम्म नेताले यो गम्भीरता नदेखाएको भन्दै आफ्नो दलले पनि संविधानसभा बहिष्कार गरेको बताए।



