
हुलाकी न्यूज, काठमाण्डौ, फागुन ९ । संयुक्त मधेशी विद्यार्थी मोर्चाले दिल्लीमा नेपालका प्रधानमन्त्री केपि शर्मा ओलीलाई मधेशी विद्यार्थीहरुलाई कालो झण्डा देखाएको भनेर पक्राउ गरिएकोप्रति आफूहरुको ध्यानाकर्षण भएको बताउँदै उनीहरुलाई तत्काल रिहा नगरिए भारतविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ ।
विद्यार्थी मोर्चाद्वारा शनिबार जारि विज्ञप्तिमा भारत जस्तो लोकतान्त्रिक राज्यमा उपेक्षित र उत्पिडनमा परेका विद्यार्थीहरुले आफ्नै राष्ट्रको प्रधानमन्त्रीविरुद्ध कालो झण्डा देखाउँदा भारतिय प्रहरीले गरेको गिरफ्तारीप्रति आफूहरुको ध्यानाकर्षण भएको बताइएको छ ।
यस कार्यलाई निन्दनिय बताउँदै मोर्चाले विद्यार्थीहरुको अविलम्ब रिहाइको माग गरेको छ । रिहा नगरिए भारत विरुद्ध आन्दोलन गर्ने विद्यार्थी मोर्चाको विज्ञप्तिमा उल्लेख छ ।



