Dipendra Jha
हुलाकी न्यूज, काठमाण्डौ, ९ फागुन । भारतको नयाँ दिल्लीमा पक्राउ परेका मधेशी विद्यार्थीहरुको रिहाइका लागि अधिवक्ता दिपेन्द्र झाले भारतको मानव अधिकार आयोगमा उजुरी दिएका छन् ।

भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री केपि शर्मा ओलीलाई कालो झण्डा देखाउने क्रममा शुक्रबार साँझ दिल्लीबाट २२ नेपाली विद्यार्थीलाई पक्राउ गरी तिहार जेल पठाइएकोमा उक्त कार्य भारतको कानुन विपरित रहेको र शान्तिपूर्ण प्रदर्शन गर्न पाउनुलाई भारतको कानुनले मौलिक अधिकारभित्र राखेको जिकिर उनले लेखेको उजुरीमा गरिएको छ ।

भारतिय कानुनका विभिन्न धाराहरुको आधारसहित उक्त पक्राउ गैरकानुनी रहेको ठहर गर्दै झाले उजुरी पत्रमा दिल्ली पुलिसले भारतको संविधानले दिएको मौलिक अधिकार र वाक् स्वतन्त्रताको समेत ख्याल नगरी विद्यार्थीहरुलाई पक्राउ गरेको उल्लेख गरेका छन् ।
यसरी शान्तिपूर्ण प्रदर्शन गरेका विद्यार्थीहरुलाई पक्राउ गर्नु मानवअधिकारको गम्भीर उल्लंघन रहेको स्पष्ट पार्दै दिल्ली पुलिसलाई पक्राउ परेका २२ नेपाली विद्यार्थीमाथि लगाइएको मुद्दा फिर्ता लिइ तत्काल रिहा गर्न माग गरिएको छ ।

मानवअधिकारको क्षेत्रमा कार्यरत अन्तरराष्ट्रिय संस्थाहरुलाई पनि पत्राचार
भारतको मानवअधिकार आयोगका कार्यवाहक अध्यक्ष न्यायधिश सिरीयक जोसेफलाई सम्बोधन गरिएको उक्त पत्र झाले राष्ट्रिय मानव अधिकार आयोग नेपाल, एमनेस्टि इन्टरनेशनल, ह्युमन राइट्स वाच, एशियन ह्युमन राइट्स कमिशन, यु एन हाइ कमिशन फर ह्युमन राइट्स र एशिया एण्ड ओशियानालाई पनि पठाएको बताएका छन् ।

letter-by-dipendra-jha

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.