
हुलाकी न्यूज, काठमाडौं ९ फागुन । दिल्लीमा नेपालका प्रधानमन्त्री केपी ओलीलाई कालो झण्डा देखाउने क्रममा पक्राउ परेका मधेशी–थारुहरुको रिहाईको माग गर्दै दबाब मुलक कार्यक्रमहरु सुरु भएको छ ।
उनीहरुको रिहाईको माग संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा, संयुक्त मधेशी विद्यार्थी मोर्चा, संघीय समावेशी मधेशी युवा गठबन्धन, संयुक्त मधेशी युवा संघर्ष समिति जनकपुर, मधेश अधिकार संघर्ष समिति जनकपुरलगायतका संगठनहरुले गरेका छन् ।
पक्राउको विरोधमा जनकपुरधाम, राजविराज, बीरगञ्जसहितका सहरमा प्रदर्शन भएको छ ।
यता विभिन्न राजनीतिक दलहरुले उनीहरुको रिहाईको माग गरेका छन् । तराई–मधेश राष्ट्रिय अभियान, तराई–मधेश युवा अभियानलगायतका अन्य संगठनहरुले पनि उनीहरुको रिहाईका लागि दबाब दिएका छन् ।
दिल्लीमा पक्राउ परेका २२ जनालाई हाल तिहार जेलमा राखिएको छ ।



