महिलामाथि जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले एकजना झाँक्रीलाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाएको छ।स्थानीय जोकाहा गाविसका एक महिलालाई बलात्कार गरेको आरोपमा शनिबार राति प्रहरीले ४५ वर्षीय शेष मोफिजुल हकलाई पक्राउ गरेको हो।
जोकहा गाविस– ४ की एक महिलाबाट बच्चा नजन्मेपछि आफूले तान्त्रिक विधिमार्फत गर्भधारण गर्न योग्य बनाउने भन्दै झाँक्री हकले घरका सबै सदस्यलाई बाहिर पठाई बलात्कार गरेको घटना सार्वजनिक भएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
महिलालाई गौर अस्पतालमा स्वास्थ्य परीक्षणका लागि पठाइएको छ भने झाँक्रीलाई आवश्यक कारबाहीको प्रक्रिया अगाडि बढाइएको प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक सुधीरराज शाहीले बताए। रासस



