
हुलाकी न्यूज, काठमाडौं ८ फागुन । दिल्लीमा पक्राउ परेका मधेशी–थारुहरुको रिहाईको माग गर्दै मधेशका जिल्लाहरुमा प्रदर्शन सुरु भएको छ ।
दिल्लीमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउने क्रममा २२ जना मधेशी–थारु विद्यार्थीहरुलाई दिल्ली प्रहरीले पक्राउ गरेको छ ।
उनीहरुको रिहाईको माग गर्दै जनकपुरसहितको शहरमा प्रदर्शन सुरु भएको छ ।
आइतबार बीरगञ्ज तथा विराटनगरमा मधेशीहरुले भारतीय बाणिज्य दुतावास अगाडि प्रदर्शन गर्नेछन् ।
त्यस्तै आइतबार काठमाडौंमा पनि रिहाईको माग गर्दै भारतीय दुतावास अगाडि प्रदर्शन गर्ने तयारी हुँदैछ ।



