
हुलाकी न्यूज, काठमाडौं ८ फागुन । सरकारको यस्तै रबैया रहे नाकाबन्दी पुनः हुन सक्ने तराई–मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले चेतावनी दिएका छन् ।
शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रम अध्यक्ष ठाकुरले भने,‘संविधान हामीलाई उपेक्षा गरेर ल्याईयो, संसोधन पनि त्यसरी नै ल्याईयो, सीमांकनको लागि उच्चस्तरीय राजनीतिक संयन्त्र पनि सरकारले एकतर्फी रुपमा गठन गर्यो । यस्तै रबैया जारी रहे संयूक्त लोकतान्त्रिक मधेशी मोर्चाको बैठक बसेर शसक्त आन्दोलनको कार्यक्रम ल्याउँछौ ।’
ठाकुरले थपे,‘ सरकारले अहिले पनि दमनलाई कायम राखेको छ । फेरी दमन, निषेधित क्षेत्र लगाउने, कफ्र्यू लगाए हामी नाकामा गएर फेरि नाकाबन्दी गर्छौ । पहिला पनि सरकारले त्यस्तै ब्यवहार गरेर नाकाबन्दी गरेका हौ ।’
उनले सरकारले सहमति विपरीत अहिले पनि गिरफ्तारी र झुठा मुद्दा लगाउने काम नरोकेको प्रति आक्रोस ब्यक्त गर्दै अहिले मौसमको प्रतिकुलताले आन्दोलनको स्वरुप बदलेको भए पनि केही दिनमा बसेर शसक्त आन्दोलन लिएर आउने जानकारी दिए ।




तपाइँ हरु अब बूढो भौसक्नु भयो तपाईं हरु को अँखा, नाक र कान थोरै काम गर्नु को साथ साथै तपाईं हरु को दिमाग पनि कमै काम गर्न थालेका छ्न तेहिभएर अब बिदा हुनुस र स्वतन्त्र मधेश का लागि मधेश का वीर युवा शक्ति लाई समर्थन गर्नुस नत्र बुढेस काल मा पनि बुद्धि पलाएन भने तपाईंहरु मरेर गए पनि भावी पुस्ता ले इतिहास पढदा गाली गरेरै तपाईं हरु को नाम लिनेछन ।