
हुलाकी न्यूज, विराटनगर ८ फागुन । ‘कोशिस’ समाजिक सेवामा समर्पित समूहले कोशी नजिक रहेका र पटक–पटक डुबान तथा बाढीले प्रभावित ११ सय २५ जना सुकुमबासी मधेशीहरुको उपचार गरेको छ ।
उनीहरुको बिग्रिदो स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै तथा विगत ६ महिनादेखि चलिरहेको मधेश आन्दोलनले प्रभावित क्षेत्रको जनताको स्वास्थ्यलाई उच्च प्राथमिकतामा राख्दै उनीहरुको उपचार गरिएको कोशिसले जनाएको छ ।
बालरोग, जेनेरल मेडिसिन, आँखा सम्बन्धि रोगहरु, दन्तरोग, छाला तथा यौनरोग, स्त्री तथा प्रसुती, हाड तथा जोर्नी, स्रजरी, फैमिली फिजिसियन, रेडियोलोजी विभाग, नाक, कान तथा घाटी विभाग, आखाँ सम्बन्धि चिकित्सकको टोलिसहित धरानस्थित कोशिषले शुक्रबार सुनसरी जिल्लाको हरिपुर तथा श्रीपुर गा.बि.समा ‘नि:शूल्क स्वास्थ्य शिबिर तथा जनचेतना कार्यक्रम’को आयोजना गरेको व्यहोरा विज्ञप्तिमार्फत जनाइएको छ ।
कूल ११२५ जना बिरामीहरुले शिबिरबाट निःसुल्क जाँच तथा औषधिहरु प्राप्त गरेका थिए । बालबालिकामा धेरै जस्तो कुपोषण, झाडापखाला, निमोनिया जस्ता रोगिहरु थिए भने जेनेरल मेडिसिनमा उच्च रक्तचाप, छातीको संक्रमण, मधुमेह जस्ता रोगहरू देखिएको कोशिसले जनाएको छ ।

१०० जना विरामीको रगत जाच गर्दा ११ जनामा मधुमेह देखियो । ३६ जनाको बिरामीको भिडियो एक्सरे गरियो जसमध्ये ९ जनामा पत्थरी लगायतको सम्स्या देखियो । १५० जनाको मुटुको जाँच गर्दा १३ जनामा मरमर फेला पर्यो त्यस्तै अन्य विरामीहरुलाई पनि उपचार गरिएको विज्ञप्तिमार्फत जनाइएको छ ।
कोशिषले आयोजना गरेको शिविरमा BPKIHS, KOSHISh\ UCMs\, त्यसैगरी डी.यच.ओ. सुनसरी, हरिपुर उपस्वास्थ चौकी, विभिन्न फर्मास्यूटिकलस, गाविस हरिपुरवा, आदिले सहयोग गरेको कोशिसका संयोजक डा.जगत नारायण प्रसादले हुलाकी न्यूजलाई बताए ।




